वीरेन्द्र माध्यमिक विद्यालयमा आज एक भव्य समारोहका बीच जूनियर स्काउट “वीरेन्द्र स्काउट प्याक” तर्फको दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ। कक्षा १ देखि ५ सम्मका ६० जना बालबालिका स्काउट र ब्राउनीका रूपमा औपचारिक रूपमा दिक्षित भएका हुन्।

विद्यालयका प्रधानाध्यापक श्री खिलाराज कोइराला र स्काउट प्रशिक्षक श्री गङ्गा घिमिरेले दिक्षित बालबालिकालाई स्कार्फ र सदस्यता ब्याज वितरण गर्नुभयो। बालबालिकाले नियमित कक्षामा सहभागिता जनाई राष्ट्रिय गान, स्काउट गीत, कवाजका आदेश, समूह (सिक्स) मा बस्ने कला, प्याक मिटिङ सञ्चालन, ब्राउनी नियम तथा स्काउट रंगहरूको ज्ञान प्राप्त गरेपछि सदस्यता प्रदान गरिएको हो।
कार्यक्रममा प्रशिक्षक घिमिरेले, “ब्राउनी बालबालिकाले ‘सक्दो प्रयास गर’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्नेछन् भन्नेमा विद्यालय विश्वस्त छ,” भन्दै स्काउट कार्यक्रमले बालबालिकामा नेतृत्व, अनुशासन र सेवा भावना विकासमा सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभयो।
दिक्षान्तसँगै विद्यालयमा स्काउट र ब्राउनीको संख्या ६० पुगेको छ। यस उपलब्धिलाई विद्यालय प्रशासनले ‘सशक्त र चरित्र निर्माण केन्द्रित शिक्षाको दिशामा महत्वपूर्ण पाइला’को रूपमा लिएको छ।

