२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

भद्रपुरमा वृक्षारोपण कार्यक्रमसहित विश्व वातावरण दिवस भव्य रूपमा सम्पन्न

“प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व”

झापा, भद्रपुर। विश्व वातावरण दिवस–२०८२ को अवसरमा भद्रपुर नगरपालिका वडा नं. ९ स्थित प्रकाशपुर, पोकापाडा क्षेत्रको सडक किनारमा वृक्षारोपण कार्यक्रम गरी वातावरण दिवस भव्य रूपमा मनाइएको छ।

“प्लास्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उप–प्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, नगर कार्यपालिका सदस्यहरू, डिभिजन वन कार्यालयका प्रतिनिधिहरू, समाजसेवीहरू, नगरका कर्मचारी, सुरक्षाकर्मीहरू र स्थानियवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख उद्देश्य वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र प्लास्टिकजन्य प्रदूषण नियन्त्रणमा जनसहभागिता अभिवृद्धि गर्नु रहेको थियो। कार्यक्रममा विभिन्न जातका बिरुवाहरू रोपिएको थियो, जसले दीर्घकालीन रूपमा वातावरण सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

नगर प्रमुख गणेश पोखरेलले कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै, “वातावरणीय सन्तुलन र हरियालीको संरक्षण सबैको दायित्व हो। यस्तो अभियानमा नगरवासीहरूको सक्रिय सहभागिता अत्यन्त सराहनीय छ,” भन्दै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए।

भद्रपुर नगरपालिकाले वातावरणीय सचेतना अभिवृद्धि गर्दै वातावरणमैत्री नगर निर्माणमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।