२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

हल्दीबारीमा दलित महिलाहरूका लागि साबुन, सरफ लगायत घरेलु सामग्री उत्पादन तालिम सुरु

झापा । हल्दीबारी गाउँपालिकाको पहलमा स्थानीय दलित समुदायका महिलाहरूलाई लक्षित गर्दै साबुन, सरफ, फिनेल तथा हार्पिक बनाउने तीनदिने सिपमूलक तालिम आजबाट सुरु भएको छ।

तालिमको उद्देश्य महिला सहभागीहरूको जीवनस्तर उकास्नु र उनीहरूलाई आत्मनिर्भर बनाउँदै आर्थिक रूपमा सशक्त बनाउनु रहेको हो। गाउँपालिकाका सबै वडाबाट सहभागिता सुनिश्चित गर्दै लक्षित वर्गको पहिचानका आधारमा तालिम संचालन गरिएको हो।

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं २ का अध्यक्ष शुकलाल राजवंशी, वडा नं ४ का अध्यक्ष सन्तकुमार थापा, वडा नं ५ का अध्यक्ष खड्ग लावती, योजना शाखा प्रमुख राजन न्यौपाने, कार्यपालिका सदस्यहरू सुष्मा महरा, शान्ता शिवाकोटी, रूपा रसाइली, वडा सदस्यहरू शिवमाया मगर, शर्मिला विश्वकर्मा, अम्बिका तोलाङ्गी, शान्ता गहतराज, वडा नं ५ का सचिव भजन संग्रौला, अन्य कर्मचारी, सञ्चारकर्मी र सहभागीहरूको उल्लेख्य उपस्थिति थियो।

५ वटै वडाबाट ३० जना महिलाहरूको सहभागिता रहेको तालिममा प्रशिक्षक सीता बानियाले प्रशिक्षण दिइरहेकी छन्।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वनले दलित समुदायका महिलाहरूले आफूलाई कमजोर सम्झनु हुँदैन भन्दै, सीपलाई व्यवसायसँग जोड्न सके आत्मनिर्भर बन्न सकिने धारणा राखे। वडा नं ५ का अध्यक्ष खड्ग लावतीले पहिलो पटक यसरी तालिममा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता देखेर प्रसन्नता व्यक्त गरे।

कार्यक्रमकी सभाध्यक्ष उपाध्यक्ष मैनालीले दैनिक उपभोग्य वस्तु उत्पादन तालिमलाई व्यवहारमा उतारेर व्यवसायीकरणमा जोड दिनुपर्ने आवश्यकता औंल्याइन्। वडा नं २ की सदस्य अम्बिका तोलाङ्गीले सामूहिक रूपमा उत्पादन गरी उद्योगसँग जोड्नुपर्ने सुझाव दिइन्।

कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले गरेकी थिइन् भने स्वागत मन्तव्य कार्यपालिका सदस्य सुष्मा महराले राखेकी थिइन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।