२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

हल्दीबारीमा महिनावारी स्वच्छता दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

महिनावारी स्वच्छता दिवसको अवसरमा झापाको हल्दीबारी गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। मे २८ तारिखमा मनाइने महिनावारी स्वच्छता दिवसलाई लक्षित गरी आयोजित उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत गरी ११ वटा माध्यमिक विद्यालयका छात्रछात्राहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले महिनावारीसँग जोडिएका सामाजिक भ्रम, स्वास्थ्य सरोकार, सरसफाइ र शिक्षाको पहुँच लगायत विषयमा धारिलो तर्क प्रस्तुत गर्दै मन्तव्य राखेका थिए। प्रतियोगितामा सनसाइन अंग्रेजी विद्यालय हल्दीबारी–१ की छात्रा दिया पौडेल प्रथम, सिग्मा अंग्रेजी विद्यालय हल्दीबारी–२ का छात्र प्रनिस आचार्य द्वितीय र लक्ष्मी माध्यमिक विद्यालय हल्दीबारी–३ की छात्रा आकृति राजवंशी तृतीय स्थान हासिल गर्न सफल भए।

कार्यक्रममा हल्दीबारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवीबहादुर थापा प्रमुख अतिथि रहेका थिए भने निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपाने विशेष अतिथिका रूपमा सहभागी थिए। निर्णायक मण्डलमा महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर, शिक्षा शाखाका कर्मचारी सुमन चौधरी र हल्दीबारी आधारभूत अस्पतालकी अनमी करूणा थापा मगर रहेका थिए।

प्रतियोगितामा विजयी हुने विद्यार्थीहरूलाई प्रमुख अतिथि थापाले प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका थिए। उनले मन्तव्य दिँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै महिनावारीसम्बन्धी सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताए।

कार्यक्रममा स्वागत स्वास्थ्यकर्मी रञ्जिता सेलिङले गरेकी थिइन् भने सञ्चालन जनस्वास्थ्य निरीक्षक प्रकाश खतिवडाले गरेका थिए। आयोजक संस्थाहरूले यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।