२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

हल्दीबारीमा विश्व जैविक विविधता दिवस अवसरमा अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

हल्दीबारी, झापा । विश्व जैविक विविधता दिवसको अवसर पारेर झापाको हल्दीबारी गाउँपालिकामा वन संरक्षण, जैविक विविधता र सामुदायिक सहभागिता विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम फरेष्ट एक्सन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ झापा, डिभिजन वन कार्यालय झापा, र चौकीविरान सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता चौकीविरान सामुदायिक वन समूहका अध्यक्ष अमर लिम्बुले गरेका थिए भने गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन प्रमुख अतिथि थिए।
डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं. ४ का अध्यक्ष सन्तकुमार थापा, जिल्ला महासंघ झापाका उपाध्यक्ष चन्द्र तामाङ, प्रदेश महासंघका न्यायिक समिति संयोजक घनश्याम खनाल, र जलथल सव-डिभिजन प्रमुख कुलप्रसाद भट्टराई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा जलथल क्षेत्रका २० वटा सामुदायिक वन समूहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा. लिलानाथ शर्माले जलथल वन क्षेत्रको जैविक, भौगोलिक र पर्यावरणीय महत्वबारे वैज्ञानिक दृष्टिकोणमा आधारित प्रस्तुति दिएका थिए। उनका अनुसार, जलथल वन तराईका अन्य वन क्षेत्रभन्दा अलि पृथक विशेषता बोकेको जैविक विविधताको केन्द्र हो, जसको दीर्घकालीन संरक्षण अत्यन्त आवश्यक छ।

कार्यक्रम अन्तर्गत जलथल वन क्षेत्रलाई आधार बनाएर सञ्चालन गरिएको अनलाइन प्रश्नोत्तर प्रतियोगितामा सहभागी १३ जना विजयीलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रविन्द्र लिङदेनले भने,
“जलथल वन हल्दीबारीको अमूल्य प्राकृतिक सम्पत्ति हो। यसको संरक्षण र दिगो उपयोगमा गाउँपालिकाले आवश्यक नीति, कार्यक्रम र सहकार्य गर्न सधैं तत्परता देखाउनेछ।”
त्यस्तै, उनले वन क्षेत्रबाट केवल काठ मात्र नभई, अन्य वैकल्पिक आम्दानीका स्रोतहरू खोज्नुपर्नेमा समेत जोड दिए।

डिभिजन वन प्रमुख श्रेष्ठले जैविक विविधताले भरिपूर्ण वन क्षेत्रको संरक्षण सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरे।
महासंघका उपाध्यक्ष चन्द्र तामाङले सामुदायिक वनका समस्या समाधानमा महासंघ सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सन्तलाल मेचेले स्वागत मन्तव्य राखेका थिए भने देवीका अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

संस्थाहरूको सहकार्यमा सम्पन्न यस कार्यक्रमले स्थानीय स्तरमा जैविक विविधताको संरक्षणप्रति जागरुकता फैलाउनुका साथै सामुदायिक संलग्नतालाई बलियो बनाउने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।