२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

कृषकलाई लक्षित कृषि सामग्री सहयोग कार्यक्रम : भद्रपुरमा आवेदन खुला

भद्रपुर नगरपालिकाको कृषि विकास शाखाले चालू आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि सामग्री सहयोग कार्यक्रमका सञ्चालन गर्न आवेदन आह्वान गरेको छ। नगरपालिकाले आर्थिक रूपमा कमजोर तर व्यावसायिक सम्भावना बोकेका कृषकहरूलाई लक्षित गर्दै यो कार्यक्रम ल्याएको हो, जसले कृषकहरूलाई आत्मनिर्भर, उत्पादनमुखी र व्यावसायिक कृषितर्फ उन्मुख गराउने उद्देश्य राखेको छ।

कार्यक्रममा सहभागी हुन चाहने इच्छुक तथा योग्य कृषकहरूले २०८२ साल जेठ ९ गतेभित्र सम्बन्धित वडा कार्यालय वा कृषि तथा पशु सेवा केन्द्र, चन्द्रगढीमा आवेदन दिन सक्नेछन्। यस कार्यक्रममा प्राथमिकताका आधारमा कृषकहरू छनोट गरिनेछ। पहिलो पटक कृषि अनुदान वा प्रोत्साहन नलिएका कृषकहरूलाई विशेष प्राथमिकता दिइनेछ। त्यस्तै, व्यावसायिक रूपमा तरकारी, फलफूल, अन्न वा पशुपालनमा संलग्न कृषक हुनुपर्नेछ। साथै, कृषकहरूले कृषि सामग्री अत्यावश्यक भए तापनि आर्थिक अभावका कारण खरिद गर्न नसकेको अवस्था प्रमाणित गर्नुपर्नेछ। सोही प्रयोजनका लागि अन्य सरकारी वा गैरसरकारी निकायबाट सहयोग नलिएको हुनुपर्नेछ।

आवेदन दिनका लागि कृषकहरूले तोकिएको ढाँचामा तयार गरिएको कार्यक्रम माग निवेदन, नागरिकताको प्रतिलिपि, किसान परिचयपत्र वा जग्गा स्वामित्व प्रमाण (धनीपुर्जा), अन्य निकायबाट सहयोग नलिएको भन्ने स्वघोषणा पत्र, घरधुरी प्रमाणपत्र र वडा कार्यालयको सिफारिस अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। सबै आवश्यक कागजातसहितको आवेदन कार्यालीन समयभित्र सम्बन्धित वडा कार्यालय वा कृषि तथा पशु सेवा केन्द्र, चन्द्रगढीमा बुझाउन सकिनेछ।

यस सूचना भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाद्वारा जारी गरिएको हो। उहाँका अनुसार कार्यक्रमले उत्पादनशील तर आर्थिक रूपमा कमजोर कृषकहरूलाई प्रत्यक्ष सहायता पुर्‍याउने र उनीहरूको आयस्तर उकास्न तथा व्यावसायिक कृषि विकासमा टेवा पुर्‍याउने विश्वास लिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।