२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

हल्दीबारी आधारभूत अस्पतालमा बिरामीको चाप उल्लेखनीय रूपमा वृद्धि, सेवा विस्तारमा पालिकाको प्राथमिकता

हल्दीबारी, झापा । झापाको हल्दीबारी गाउँपालिकाले सञ्चालनमा ल्याएको हल्दीबारी आधारभूत अस्पतालमा उपचार सेवाको माग तीव्र रूपमा बढिरहेको छ। अस्पताल स्रोतका अनुसार हाल दैनिक १२० देखि २०० जना बिरामीले सेवा लिने गरेका छन्, जसमा ज्वरो, रुघाखोकी, टाउको दुखाइ लगायत सामान्य रोगका बिरामीको संख्या बढी देखिएको छ।

सामान्य स्वास्थ्य समस्यासँगै अन्य विविध जटिल अवस्थाका बिरामीहरू पनि अस्पतालमा नियमित पुग्ने गरेका छन्। सेवा विस्तारका लागि अस्पतालले विभिन्न पूर्वाधार तथा उपकरणहरूको सुधार र समावेशीकरण प्रक्रिया तीव्र पारिएको जनाएको छ।

गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले अस्पतालको पूर्वाधार, उपकरण तथा जनशक्तिमा निरन्तर सुधार गर्दै स्वास्थ्य सेवा गुणस्तरीय र सबैको पहुँचभित्र पुर्‍याउने पालिकाको प्रतिबद्धता दोहोर्‍याएका छन्। उनका अनुसार, “स्वास्थ्यलाई प्राथमिकतामा राखेर गाउँपालिकाले सेवा विस्तारलाई तीव्रता दिइरहेको छ।”

हालै अस्पतालमा थाइराइड परीक्षण तथा भिडियो एक्स–रे सेवा पनि सुरु गरिएको छ। यी सेवाले स्थानीय बासिन्दालाई झापा सदरमुकाम वा अन्य निजी स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता हटाएको छ।

अस्पताल प्रशासनका अनुसार, अब साधारण परीक्षण मात्र नभई, विशेषज्ञ तहका सेवा पनि स्थानीय तहमै सहज रूपमा उपलब्ध हुन थालेका छन्। सेवा विस्तारसँगै स्थानीय बासिन्दाको भरोसा र सन्तुष्टि बढ्दै गएको बताइएको छ।

स्वास्थ्य पूर्वाधारको पहुँचलाई अझै मजबुत बनाउन र दैनिक बिरामीको चाप व्यवस्थापन गर्न आवश्यक थप उपकरण, जनशक्ति र स्थान विस्तारका लागि पालिकाले बजेट तथा स्रोत परिचालन गर्ने तयारी पनि अगाडि बढाएको जनाइएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।