२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

भद्रपुर ब्लेजर्सको ऐतिहासिक जित: उपाधिसँगै १३ लाख नगद पुरस्कार!

भद्रपुर, फागुन १६ । भद्रपुर ब्लेजर्सले सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ।

भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा भद्रपुर ब्लेजर्सले झापा ११ एफसीलाई २–० को अन्तरले पराजित गर्दै प्रतिष्ठित उपाधि उचालेको हो। उपाधिसँगै भद्रपुर ब्लेजर्सले नगद १३ लाख रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता झापा ११ ले नगद ७ लाख रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।

रोमाञ्चक फाइनलको संक्षिप्त विवरण

खचाखच दर्शकले भरिएको रंगशालामा भद्रपुरले खेलको ३० औं मिनेटमा अग्रता लियो। मिलन राईको उत्कृष्ट सर्टपासमा कप्तान आशिष चापागाईंले पेनाल्टी क्षेत्रबाट कुशल प्रहार गर्दै बललाई जाली चुमाए। खेलको इन्ज्युरी समयमा सत्यम शर्माले टिमको जित पक्का गर्दै उत्कृष्ट गोल गरे। अवयोमीको हेड बललाई २५ यार्डको दूरीबाट शक्तिशाली प्रहार गर्दै शर्माले भद्रपुरको जित निश्चित गरे।

खेलको विभिन्न क्षणमा दुवै टिमले सुनौलो अवसरहरू सिर्जना गरे। खेलको १४ औँ मिनेटमा भद्रपुरका विवेक पौडेलको प्रहार क्रस बारबाट बाहिरियो। ४३ औँ मिनेटमा झापा ११ का समिर तामाङको प्रहार क्रसबारमा लागेर फर्कियो। ७८ औँ मिनेटमा हरिबहादुर आले मगरको डिबक्स लाइनबाट गरिएको कडा प्रहार क्रसबारमाथि लागेर बाहिरियो।

व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीहरू

फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ भद्रपुरका विशाल दर्जी घोषित भए। उनले २१ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरे।

प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ (प्लेयर अफ द टुर्नामेन्ट) भद्रपुरका कप्तान आशिष चापागाईं घोषित भए। उनले नगद १ लाख ५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गरे।

अन्य विधाका उत्कृष्ट खेलाडीहरू:

  • उदयीमान खेलाडी: भद्रपुरका राजेश शाह
  • उत्कृष्ट गोलकिपर: भद्रपुरका टेकेन्द्र थापा
  • उच्च गोलकर्ता: भद्रपुरका सत्यम शर्मा
  • बेस्ट कोच: भद्रपुरका सचिन्द्र धिमाल

यी विजेताहरूले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे।

भाग्यशाली दर्शकहरूका लागि विशेष उपहार

फाइनल खेलमा टिकट लिएका भाग्यशाली दर्शकहरूका लागि विशेष उपहार प्रदान गरियो। भोजपुरका एन्जल चर्मकारले टिभिएस राइडर मोटरसाइकल जिते। भद्रपुरका विक्रम बरालले सुनको सिक्री तथा भद्रपुरकै राजेशकुमार गुप्ताले ५० हजार नगद पुरस्कार प्राप्त गरे।

भव्य पुरस्कार वितरण समारोह

विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली, उपाध्यक्ष डिल्लीराम घिमिरे (हिक्मत), अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले विशेष समारोहबीच पुरस्कार वितरण गरेका थिए।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।